काठमाडौँ — भारतको उत्तराखण्डमा बस दुर्घटना हुँदा २८ जनाको मृत्यु भएको छ । अल्मोडा जिल्लाको मार्चुलामा यात्रुवाहक बस दुर्घटना हुँदा कम्तीमा २८ जनाको मृत्यु भएको हो ।

बसमा कम्तीमा पनि ४५ जना यात्रु रहेको स्थानीय सञ्चारमाध्यमहरूले जनाएका छन् । उक्त बस नैनीडाँडादेखि रामनगर जाँदै गरेको अवस्थामा सडकबाट खोलामा खसेको हो ।

बस दुर्घटनामा १५ जना घाइते भएको र उनीहरूलाई नजिकको अस्पताल पठाइएको स्थानीय अधिकारीहरूलाई जनाउँदै भारतीय सञ्चारमाध्यमले जनाएका छन ।
उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुर्घटनामा ज्यान गुमाएकाहरूप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई राहतस्वरूप ४ लाख रुपैयाँ र घाइतेको उपचारका लागि १ लाख उपलब्ध गराउने घोषणा गरेका छन् ।


















