
संयुक्त राज्य अमेरिकाको सन् २०२६ को लागि डाइभर्सिटी भिसा (डिभी) आवेदन भर्ने म्याद थपिएको छ ।
कात्तिक २० गते आवेदन दिने अन्तिम दिन भएपनि २ दिन थप गरिएको हो । अब कात्तिक २२ गतेसम्म डिभी भर्न सकिने भएको छ । डिभि भर्दा पछिल्लो ६ महिनामा खिचेको फोटो र परिवारका सबै सदस्यहरू उल्लेख गर्नुपर्ने नेपालस्थित अमेरिकी राजदूतावासले जनाएको छ ।



















