
अत्तरिया – डोटीमा बदेलको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बुधबार बडिकेदार गाउँपालिका – १ धामीगाउँका २७ वर्षीय नविन बडेलाको बदेलको आक्रमणबाट मृत्यु भएको हो ।
घर नजिकै मष्टदेवता सामुदायिक वनमा बाख्रा चराउदै गरेको अवस्थामा जङ्गली बँदेलले आक्रमण गरी गम्भिर घाइते भएका बडेलाको उपचारको लागी धनगढी लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















