खाेज्नुहाेस

कांग्रेसबाट भीमदत्त-६ को उपनिर्वाचनमा चन्द उम्मेदवार

Image

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका-६ को वडाध्यक्षमा कांग्रेसबाट प्रकाशबहादुर चन्दले उम्मेदवारी दिने भएका छन् । आगामी मंसिर १६ गते हुने उपनिर्वाचनका लागि कांग्रेसले उम्मेदवार टुंगो लगाएको हो ।

नेपाली कांग्रेस कञ्चनपुर निर्वाचन क्षेत्र ३ का सभापति केशवबहादुर चन्दले वडा सभापतिसमेत रहेका प्रकाशबहादुर चन्दलाई उम्मेदवार बनाउने निर्णय गरिएको बताए । वडाबाट सिफारिस भई आएका उम्मेदवारमध्ये चन्दलाई पार्टीले उम्मेदवार बनाउने निर्णय गरेको उनले बताए ।

attariya hospital

गत वर्ष कांग्रेसबाट निर्वाचित वडाध्यक्ष महेन्द्र खड्काको निधन भएपछि रिक्त रहेको वडाध्यक्ष पदमा निर्वाचन आयोगले उपनिर्वाचन गर्न लागेको छ ।