खाेज्नुहाेस

कञ्चनपुरमा खाद्यले १५ हजार क्वीन्टल धान खरिद गर्दै

Image
navjiwan hospital

कञ्चनपुर- कञ्चनपुरमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय महेन्द्रनगरले सोमबारदेखि धान खरिद प्रक्रिया सुरु गर्ने भएको छ । खाद्यले महेन्द्रनगरमा रहेको शाखा कार्यालय, वेदकोट नगरपालिका र शुक्लाफाँटा नगरपालिका क्षेत्रमा डिपो राखेर तीन स्थानबाट धान खरिद गर्ने भएको हो ।

कार्यालय प्रमुख सुदर्शन थापाले स्थानीय तहको समन्वयमा वेदकोट र शुक्लाफाँटामा स्थान निर्धारण गरी धान खरिद गर्ने तयारी गरिएको बताए । नेपाल सरकारले निर्धारण गरेको समर्थन मूल्य प्रतिक्वीन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसामा खाद्यले मोटो धान खरिद गर्नेछ भने १५ हजार क्वीन्टल धान खरिद गरिने लक्ष्य राखिएको छ ।

attariya hospital