खाेज्नुहाेस

बैतडीमा अटो दुर्घटनामा परेर घाइते भएकी महिलाको मृत्यु

Image

बैतडी – बैतडीमा अटो दुर्घटनामा परेर घाइते भएकी एक महिलाको मृत्यु भएको छ । दोगडाकेदार गाउँपालिका–७ खोचलेकमा सुदूरपश्चिम प्रदेश प्रदेश ०१–००१ ह ६०७० नम्बरको अटो अनियन्त्रित भएर सडकबाट १ सय मिटर तल खसेर शुक्रबार दिउँसो दुर्घटना भएको थियो ।

navjiwan hospital

अटो दुर्घटनामा घाइते भएकी दोगडाकेदार गाउँपालिका–२ की ४५ वर्षीया बसन्ती जोशीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

attariya hospital

दुर्घटना गम्भिर घाइते भएकी उनको उपचारको लागि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

दुर्घटनामा दोगडाकेदर–२ कै २५ वर्षीया पार्वती जोशी, २५ वर्षीय राजेन्द्र भाट र पुर्चौडी नगरपालिका–९ की २० वर्षीया हिरा सार्की घाइते भएका थिए । घाइतेको जिल्ला अस्पताल बैतडीमा उपचार गरिएको छ । अटो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।