म सिनो । झिनो भन्दा झिनो बुद्धि भएका मान्छेले पनि सजिलै पहिचान गर्न सक्ने चिज । दुनिँया भरका न्यून मानसिकता भएकाले पनि सजिलै व्याख्या गर्न सक्छन मलाई । मेरो गुण, स्वाद, गन्ध जताततै चर्चित । सिंगो ब्रम्हाण्डमा म मात्रै यौटा यस्तो पात्र हुँ, जसको बारेमा सब जानकार छन, तर मेरो कुरा कमै गरिन्छ ।
सामान्य अर्थमा भन्दा घृणा, फोहोर, खराब सबै नराम्रा कुराहरुको प्रतिनिधी मानिन्छ मलाई । मेरो नाममा मात्र यो शक्ती छ की कसैले सात समुन्द्र पारी राजा महाराजाको भोजमा समेत छुस्स मेरो कुरा उठाओस त ! ति मानव भोक मेटाउन बनाएका सबै परिकारहरु फेल हुन्छन । मान्छेले मलाई बिर्सन चाहन्छन, तर म पनि के कम हेर्नु आज सम्म बिर्सन दिएको छैन । बिर्सुन पनि कसरी आखीर म पनि त जिवनपद्धतीको यौटा भाग हुँ, यौटा सत्य हुँ ।

मलाई देख्न त परै जाओस, मान्छेहरु म भएको बाटै हिड्न चाहन्नन । कहिले काहि अकस्मात भेटिहाले पनि मुन्टो फर्काउदै, नाक च्याप्दै दौडन्छन, टाढा । यो हेर्दा कहिले काहि आफुमा घमण्ड बढेर आउँछ, यत्रो सारा पृथ्वीलाई नै आफ्नो अधिनमा राख्ने मानवले मेरो बाल बाङ्गो गर्न सकेन भनेर । धन्न भगवान तैले उहिल्यै म मा सुगन्ध भरेको भएँ म पनि अरु चिज जस्तै मानवजातीको अधिनस्थ भइ रहनु पथ्र्यो, आज स्वतन्त्र हुन पाइएको छ, कसैले हस्तक्षेप गर्दैन ।
तर कहिले काही डाहा पनि लाग्छ जब मगमगाउदा अत्तरहरुले सुगन्धीत भई उर्लदो जवानीको खित्का छोड्दै युवतीहरु म छेउ बाट जान्छन, सोच्छु ति जवान अनि मुलायम शरीरमा टासिन अत्तर बन्नुपर्ने, कहाँ सिनो भइएछ ! भाग्यमानी त ति फुलहरु छन, तिनका सुवासहरु छन, जसले प्रत्येक दिन, प्रत्येक पल्ट, त्यो कलकल जलले सफा गरेको कञ्चन अनि पवित्र शरीरमा लपक्क टासिएर जीवनको आनन्द बटुलेको छ । म के को भाग्यमानी ? कसैले फर्केर पनि हेर्दैन मलाई । तर जब मान्छेले ति अत्तरहरुलाई पनि म माथी छर्किदिन्छन, आफ्नो नाक बचाउन, अनि ति फुलहरुलाई जब मानिसले सिंगै जलाइदिन्छन लाससँगै आर्यघाटहरुमा, तब लाग्छ राम्रो अनि सुगन्धित हुनुका बेफाइदा पनि धेरै रहेछन । त्यतिबेला मन बुझाउँछु, म ठिकै रैछु ! कमसेकम जिउँदै जल्नु परेको त छैन ।
कुकुर दौडेर आयो मेरो बास्ना सुँध्दै । मैले मनमनै सोँचे हेर बुडा तिम्ले तिम्रो पाल्तुलाई जति नै अत्तर छर्केर, जति नै मिठो परिकार खान दिएर राखेपनि, उसले मलाई विर्सिन्न । तिमी मानव जाती पो हौ, अलि माथिल्लो ओहदा हुँदा आमाबुवालाई समेत बिर्सने । कुकुरको म प्रति जति समर्पण छ, मान्छेको सत्य प्रति त्यती नै समर्पण भैदीए त साच्चै संसार कति सुन्दर लाग्थ्यो होला !
मनै त हो नी के के खोज्छ के के ? ति ठूलावडाहरुका सम्माननीय पार्टी, भोजहरुमा मस्त सुकोमल सजाइएका सोफाहरुमा गजक्क बस्दै कति हुन कति सबै व्यञ्जनहरुलाई एक एक गरी स्वाद लिन पाए त आहा ! जिवनमा अरु चाहियो र ! यहि सोच गरी एक दिन मन्त्रिस्तरीय भोजमा जाने निर्णय गरे । तर जाने कसरी सबैले मेरो दुर्गन्धबाट थाहा पाइहाल्छन ! त्यै बेला यौटा चिल्लो कार मेरो अल्ली पर पुगेर रोकियो ।
भित्र साच्चै मन्त्रीज्यू विराजमान हुनुहुदो रहेछ, त्यो ठाउमा ओर्लेर अलि पर पुगेर झाडिमा पिसाव फेर्न थाले बुडा, मेरो अहो भाग्य बुडाले यौटा ज्याङ्गो कुकुर पनि पालेका रैछन ! कुकुर दौडेर आयो मेरो बास्ना सुँध्दै । मैले मनमनै सोँचे हेर बुडा तिम्ले तिम्रो पाल्तुलाई जति नै अत्तर छर्केर, जति नै मिठो परिकार खान दिएर राखेपनि, उसले मलाई विर्सिन्न । तिमी मानव जाती पो हौ, अलि माथिल्लो ओहदा हुँदा आमाबुवालाई समेत बिर्सने । कुकुरको म प्रति जति समर्पण छ, मान्छेको सत्य प्रति त्यती नै समर्पण भैदीए त साच्चै संसार कति सुन्दर लाग्थ्यो होला !

के सवै ठूलावडाहरु अत्तर जस्तै जन्मेका होलान ! पक्कै नहोलान । सबै भित्र ‘म’ त छु तर के गर्नु म मा त्यो झुट बोलेर सबै सामु राम्रो बन्ने क्षमता छैन । म त जे छु त्यै देखाउँछु । तर हाम्रो नेताहरु सिनो भए पनि आफुलाई अत्तर देखाउन खप्पीस छन, अनि कस्ले घृणा गरोस । यदि वास्तविक गन्ध थाहा पाए तिनको पनि नजिक कोहि जाने थिएन होला ।
यौटा सोच न हो सोच्दैमा के जान्छ र पुरा हुने होइन । खैर जे होस म कुकुरको तल्लो ओठ भन्दा तलको कपालमा टास्सीन पुगें, मालिकले बोलायो, कुकुर सँगै म पनि दौडेँ । ‘छि ! कस्तो दुर्गन्ध आएको’ कार भित्र पस्ने वित्तिकै चिच्याए बुढा । यती भन्दै नजिकैको अत्तरको डिब्बा समातेर कारभरी छर्किए साथै कुकुरको शरीर भरी पनि । एक दुइ छिर्का म मा पनि प-यो अत्तर । आहा ! अत्तर भनेको अत्तर हो के ! कती सुगन्ध ! त्यस्तो दुर्गन्ध पल भरमै हरायो । मैले फेरी सोचे, मलाई मेटाउन अत्तर बनाउने मान्छेले पक्कै पनि आफु भित्र को ‘म’ अर्थात ‘सिनो’ हटाउन कुनै चिज नबनाए होलान । के सवै ठूलावडाहरु अत्तर जस्तै जन्मेका होलान ! पक्कै नहोलान । सबै भित्र ‘म’ त छु तर के गर्नु म मा त्यो झुट बोलेर सबै सामु राम्रो बन्ने क्षमता छैन । म त जे छु त्यै देखाउँछु । तर हाम्रो नेताहरु सिनो भए पनि आफुलाई अत्तर देखाउन खप्पीस छन, अनि कस्ले घृणा गरोस । यदि वास्तविक गन्ध थाहा पाए तिनको पनि नजिक कोहि जाने थिएन होला ।
मनमा यस्तै गन्थन चलिरहेको थियो, कारले हामिलाई पार्टीमा पु-यायो । सुन्दर अनि विविध परिकारले सजाइएका टेबुलहरुमा विभिन्न पहिरनले सुसज्जीत ठुलाबडा मान्छेहरु मज्जाले लाभ उठाइरहेका थिए । मधुर संगीतको धुन सँगै सबैका गिलासहरु रित्तिदै थिए एकपछि अर्को । माहोल तात्तिदै थियो, एक जना आदरणीय मन्त्रिज्यूले बोले, ‘हैन त्यो अस्तिको विवाद को के हुदैछ ह ?’ त्यतिकैमा अर्को बोल्यो ! ए उ त आजै का साम्य हुन्छ, कुरा मिल्ला जस्तो छैन ।
यी मान्छे भनाउदाहरु त ती गिद्ध भन्दा पनि तल्लो स्तरका रहेछन् । संसारकै सर्वश्रेष्ठ प्राणीको त यो हाल छ भने मैले अरु जनावरहरुबाट के आश राख्नु । उनिहरुको त स्वभावै लड्ने हो ।
पहिलो ले फेरी भन्यो, तिनिहरुको माग के रैछ ? अर्कोले उत्तर दियो – अरु के हुनु नी त्यै पारीको डाँडा आफ्नो भागमा पार्नु प¥यो भनेर ? यत्तिकैमा उक्त पार्टीमा आएका एक विदेशी महाजन कड्किए – ‘त्यस्तो काँ हुन्छ, जे पायो त्यै मागेर हुन्छ त्यसमा हाम्रो पनि उहिल्यै देखिको अधिकार छ ।’ त्यो सुनेर एक जना अर्का विदेशी बोले, ‘तपाई चुप लाग्नुस महासय, त्यो हाम्रो एरिया भित्र पर्छ, हामीलाई पनि अधिकार छ त्यसमा दावी गर्ने ।’ ती सुनेर पहिलेका मन्त्री महोदय बोले ‘हेर्नु परापूर्वकालमा पूर्खाले लडेर ल्याएको त्यो डाँडा तपाईहरुले हाम्रो भन्दैमा हुँन्छ, त्यसको लागी प्रमाण के छ भन्नुस ?’ एत्तिकैमा विदेशी बोल्यो – ‘तपाइ को हो भन्ने प्रमाण पनि देखाउनुस न त ?’ मन्त्रीज्यू फेरी वोले ‘उइलेको सन्धीले त त्यो सिधै हाम्रो मा देखाउँछ नी तपाई हेर्नुस न !’ विदेशी बोल्यो – ‘त्यै सन्धीले त हामी त्यसलाई हाम्रो भन्दैछौ महासय !’ मन्त्रीज्यू फेरी बोल्नु भो– ‘हैन तपाई कल्पनामा कोरिएको रेखाको कुरा नगर्नुस महाराज, त्यो हाम्रै सिमा भित्र छ ।’ यस्तै यस्तै कुरा हुदै हात हालाहाल हुने स्थिती भयो एकजनाले बल्ल ति तिन चार जनालाई सम्झाउँदै अलग अलग पारे । म सोफाको तलपट्टी बसेर यो सब चर्तिकला हेरीराखेको थिएँ । मलाई त्यो अवस्थाको याद आयो, जब एक हुल गिद्ध म भएतीर दौडीन्छन र सवैले मलाई आफ्नो बनाउन चाहन्छन, चिथोर्न, खान चाहन्छन । तिनिहरु कमसेकम धेरै झगडा नगरी मिलेर त खान्छन ।
यी मान्छे भनाउदाहरु त ती गिद्ध भन्दा पनि तल्लो स्तरका रहेछन् । संसारकै सर्वश्रेष्ठ प्राणीको त यो हाल छ भने मैले अरु जनावरहरुबाट के आश राख्नु । उनिहरुको त स्वभावै लड्ने हो । अब साच्चै म आफु सिनो भएकोमा गर्व गर्न थालेँ । गर्व नगरुँ पनि किन ? म यो सारा सृष्टीको त्यो भाग हुँ जो सृष्टी संचालनका लागी अनिवार्य छ ।
म भलै दुर्गन्धीत हुँला, भलै मैलो, फोहोरी हुँला तर प्रकृतीमा यस्ता कयौँ जनावर, चराचुरुङ्गी छन, जसको अस्तीत्व म मा टेकिएको छ । मेरो स्वभाव नै गन्हाउनु हो, अनि पहिचान पनि । मलाई मिलेको यो पहिचानलाई मैले आफ्नो गुण बनाएको छु । किनभने म तिमीहरु जस्तो बनावटी छैन । मैले सबैलाई उहि प्यार दिन्छु, हैसियत अनि औकात हेर्दैन, मानिस जस्तै । मेरो हर प्राणी संग बलियो सम्बन्ध छ, चाहे उनिहरुले चाहुन या नचाहुन । म अन्तिम सत्य हुँ । जति नै उचाइ र शक्तिशाली व्यक्तित्वहरु पनि अन्तमा यहि सिनोमा परिणत हुन्छन, यो यथार्थ हो ।
बडो आदर्शको कुरा गर्छ जाबो गन्हाउने सिनोले भन्नुहोला, तर तपाई भलादमीहरुले यौटा सानो कुराको लागी यसरी लड्दा तपाई र म मा के फरक रह्यो र ! म त यसै सिनो, उसै सिनो । याद गर्नुस महासय कतै तपाइको विचार नियत तथा व्यवहारले तपाइलाई पनि समाजको सिनो बनाउने त हैन ? समयमै वदलीनु भएन भने तपाईलाई पनि यो समाज वडार्न वेर लाउदैन, सिनो सम्झेर ! त्यसैले अझै समय छ सुध्रिनुस, मान्छे बन्नुस, सिनो होइन ।
लेखक श्री मगलेक माध्यमिक विद्यालय तिखा डोटीका शिक्षक हुन
















