अत्तरिया – कैलालीमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्यु भएको छ । मंगलबार भजनी नगरपालिका – ७ चर्रा स्थित हुलाकी सडक–खण्डमा ट्याक्टर र मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालक कैलारी गाउँपालिका – ५ का २२ वर्षीय आसिस कुमार चौधरीको मृत्यु भएको हो ।

से १ त १७८६ नम्बरको ट्याक्टर र से ६ प १०६१ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भिर घाईते भएका चौधरीको नवजीवन अस्पताल धनगढी लगिएकोमा चिकित्सकले चेकजाँच गर्दा मृत्यु घोषणा गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

दुर्घटनामा मोटरसाइकलमा पछाडी सवार २२ वर्षीय डेबिट चौधरी घाइते भएका छन । उनको नवजीवन अस्पताल धनगढीमा उपचार भईरहेको छ । प्रहरीले ट्याक्टर र ट्याकटर चालक भजनी नगरपालिका – ७ का ५२ वर्षीय शिब कुमार अहीरलाई नियन्त्रणमा लिएको छ ।
















