खाेज्नुहाेस

पाकिस्तानमा झडप हुँदा ११ को मृत्यु

Image

एजेन्सी –  पाकिस्तानको खैबर पख्तुनख्वाको माथिल्लो कुर्रम जिल्लामा दुई जनजातिहरू बीचको झडपमा ११ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा पाँच बालबालिका र ६ महिला छन्।

navjiwan hospital

गत महिना तल्लो कुर्रम जिल्लामा जग्गा विवादमा गोली चल्दा कम्तीमा सातजनाको मृत्यु भएको थियो। हाल, अधिकारीहरूले खैबर पख्तुनख्वाको तल्लो कुर्रम क्षेत्रमा भएको घटनाको लागि दुई पक्षहरू बीच युद्धविरामको लागि मध्यस्थता गर्ने काम गरिरहेका छन्।

attariya hospital

खैबर–पख्तुनख्वाको कुर्रम क्षेत्रमा सुरक्षा बलले सात आतंककारीहरूलाई गोली हानेर मारेका थिए। मारिएका आतंककारीहरू सुरक्षाकर्मी र निर्दोष नागरिकहरूमाथि आक्रमणमा सक्रिय रूपमा संलग्न थिए।