खाेज्नुहाेस

श्रीमतीको हत्या गरी टाउको बोकर हिँडेका युवक पक्राउ

Image

काठमाडौँ- उदयपुरमा श्रीमतीको हत्या गरी टाउको बोकेर बजारमा हिँडिरहेका एक युवक पक्राउ परेका छन् । त्रिवेणी नगरपालिका–६ जलजले बस्ने ३६ वर्षीय जङ्गबहादुर घिसिङ पक्राउ परेका हुन् ।

navjiwan hospital

मंगलबार साँझ साढे ६ बजेतिर उनले पत्नी २८ वर्षीया प्रमीला लामाको हत्या गरेका हुन् । हत्यापछि टाउको लिएर हिँडेको अवस्थामा उनलाई पक्राउ गरिएको उदयपुरका एसपी हरिहर योगीले बताए ।

attariya hospital

भारतबाट असोज १३ मा घर आएका जङ्गबहादुरले विवादपछि पत्नीको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । प्रमीला जलजलेमा चिया व्यापार गर्दै कोरियन भाषा पनि सिक्दै गरेकी थिइन् । उनीहरूका दुई बच्चा छन् ।