अत्तरिया – संविधान दिवसको अवसरमा नेकपा एमाले गोदावरी नगरकमिटिले दिप प्रज्वलन गरेको छ । बिहिबार परेको दिवसको अवसरमा एमाले गोदावरीले आफ्नो पार्टी कार्यालयमा दिप प्रज्वलन गरेको हो ।
एमाले ले नेपालको झण्डा बनाएर त्यसमा दिप प्रज्वलन गरेको थियो । दिप प्रज्वलन कार्यक्रममा एमालेका नगर अध्यक्ष सन्तोष सिँह, पार्टीका केन्द्रिय सचिब लेखराज भट्ट, प्रदेश अध्यक्ष कृष्ण प्रसाद जैशी, प्रदेश सचिब रण बहादुर चन्द लगाएतका नेताकार्यकर्ताहरुको सहभागिता रहेको थियो ।




















