खाेज्नुहाेस

संविधान सभा अध्यक्ष नेम्वाङको पहिलो स्मृति दिवस आज

Image

काठमाडौँ- संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका तत्कालीन उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको आज प्रथम स्मृति दिवस मनाइँदैछ ।

ललितपुरको च्यासलस्थित एमाले कार्यालयमा स्मृतिसभा गरिने र स्मृतिसभालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

attariya hospital

नेम्वाङ २०४८ र २०५१ सालमा राष्ट्रियसभा सदस्य थिए भने २०५६, २०७४ र २०७० सालको संसदीय चुनाव तथा २०६४ र २०७० सालमा भएका संविधानसभा चुनावमा इलामबाट विजयी भएका थिए । नेम्वाङको पोहोर भदौ २६ गते ७१ वर्षको उमेरमा हृदयाघातबाट निधन भएको थियो ।