खाेज्नुहाेस

‘यसपालि सभापतिमै चुनाव लड्नुपर्ला जस्तो छ’

Image

काठमाडौँ- नेपाली कांग्रेसका सांसद डा शशांक कोइरालाले विश्वेश्वरप्रसाद कोइरालाको १११औं जन्मजयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बन्ने बताएका छन् ।

कोइरालाले सोमबार यस पटक पार्टी सभापतिमा उठ्ने भन्दै भविष्यमा निर्धारण हुने पनि बताए । ‘बिपीको छोरो हुने बित्तिकै हरेक कुरामा सबैभन्दा अगाडि सारिदिन्छन् मानिसले, कति सजिलोसँग म चुनाव जित्छु, केही गर्नै पर्दैन । पाँच चोटि त चुनाव जितेँ’, उनले भने , ‘त्यसैले यसपालि मलाई के लाग्यो भने अब सभापतिकै लागि लड्नुपर्ला जस्तो लागेको छ । अब त्यो त भविष्यले भन्छ ।’

attariya hospital

कोइरालाले बिपी व्यक्ति भन्दा पनि एउटा विचार भएको उल्लेख गरे ।