काठमाडौँ- सुनको मूल्य एक लाख ५० हजार रुपैयाँ पुगेको छ । आज सुन तोलामा ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । जुन अहिलेसम्मकै उच्च हो ।
चाँदीको मूल्य भने यथावत् छ । चाँदीको मूल्य आज पनि तोलाको एक हजार सात सय ८५ रुपैयाँ रहेको महासङ्घले जनाएको छ ।