खाेज्नुहाेस

मानाङ्क सहकारी उत्कृष्ट प्रादेशीक सदस्य सम्मानबाट सम्मानित

Image

अत्तरिया – कैलालीको अत्तरियामा रहेको मानाङ्क बचत तथा ऋण सहकारी संस्था उत्कृष्ट प्रादेशीक सदस्य सम्मानबाट सम्मानित भएको छ । राष्ट्रिय सहकारी बैंक लिमिटेडको २०औ वार्षिक साधारण सभाबाट मानाङ्कलाई उक्त सम्मानले सम्मानित गरिएको हो ।

navjiwan hospital

सहकारी बैंकले आफ्ना शेयर सदस्य सहकारीहरुमध्येबाट बचत तथा ऋण कारोबार गर्ने सुदूरपश्चिमकै उत्कृष्ट सहकारीका रुपमा मानाङ्कलाई सम्मान गरेको सहकारीका मुख्य प्रबन्धक प्रकाश कुमार जोशीले बताए । सो अवसरमा राष्ट्रिय सहकारी बैंकले मानाङ्क सहकारीलाई प्रमाणपत्र पनि प्रदान गरेको छ ।

attariya hospital

उक्त प्रमाणपत्रमा सहकारीको विकास, प्रर्वद्धन र सामाजिक रुपान्तरणमा मानाङ्ककले योगदान पु¥याएको उल्लेख गरिएको छ । गोदावरी नगरपालिका – २ मा केन्द्रिय कार्यालय रहेको उक्त सहकारीले सोही वडामा र वडा नं. ५ गेटामा सेवा केन्द्रहरु सञ्चालनमा ल्याएर सेवा दिदै आईरहेको छ ।