बाजुरा – बाजुरामा कृषि उपज संकलन केन्द्र सञ्चालनमा आउने भएको छ । कृषि विकास निर्देशनालय र बडीमालिका नगरपालिकाको संयुक्त लगानीमा जिल्ला सदरमुकाम मार्तडीमा केन्द्र सञ्चालनमा आउन लागेको हो ।

केन्द्रको भवन निर्माणको सम्पुर्ण कार्य सम्पन्न भैसकेको बताईएको छ । कृषि विकास निर्देशनालय दिपायलका इन्जिनियर कोषराज बडूले केन्द्र भवनमा उपकरण जोड्नमात्रै बाँकी रहेको बताए । उनले केन्द्रको सम्पुर्ण कार्य सकेर नगरपालिकालाई हस्तान्तरण गरिने बताए ।

जिल्लामा उत्पादन भएका तरकारी तथा परम्परागत बाली भण्डारण गर्नेगरी उक्त कृषि उपज संकलन केन्द्र सञ्चालनमा ल्याईएको बताईएको छ । केन्द्रले जिल्लाका तरकारी तथा फलफुलहरु भण्डार तथा बिक्री वितरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
















