खाेज्नुहाेस

बैतडीमा नदीको दोभानमा महिलाको शव फेला

Image

बैतडी- बैतडीमा महाकाली र चमेलिया नदीको दोभानमा महिलाको शव फेला परेको छ ।

navjiwan hospital

दशरथचन्द नगरपालिका-६ स्थित महाकाली र चमेलिया नदीको दोभान खुटिया भन्ने स्थानमा दार्चुलाको लेकम गाउँपालिका-४ की २२ वर्षीया हेमन्ती गिरीको शव फेला परेको प्रहरीले बताएको छ ।

attariya hospital

यही असार ८ गते घरबाट हराएकी हेमन्तीको शव सोमबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेले बताए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।