अत्तरिया – कैलालीको अत्तरियाबाट तस्करीको सामान बरामद गरिएको छ । शनिबार गोदावरी नगरपालिका – २ अत्तरियामा भन्सार छली ल्याई बेवारिशे अवस्थामा प्रहरीले तस्करीको सामान बरामद गरेको हो ।

बरामद गरिएको सामान ९१ हजार १ सय मुल्य बराबरको रहेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ । जसमा कुर्ता/सुरुवाल, सुट र थानको कपडा लगायतका लुगा कपडाहरु रहेका छन ।

बरामद सामान आवश्यक कारबाहीको लागी कैलाली भंसार कार्यालय धनगढीमा बुझाएको प्रहरीले जनाएको छ ।


















