अत्तरिया- कैलालीको धनगढीमा प्रहरीले ६ जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका-३ चटकपुरमा सडकमा हिँडडुल गर्ने मानिसहरुलाई अनावश्यक हैरानी दिएको भन्दै प्रहरीले ६ जना तेस्रो लिङ्गीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय कैलालीले पर्सा वीरगञ्ज महानगरपालिका-४ की २५ वर्षीया उर्मिला थापा, धनगढी-६ बस्ने १९ वर्षीया रेनु सिंह ठकुरी, गौरीगंगा नगरपालिका-५ बस्ने १८ वर्षीया पारु ठकुरी, गौरीगंगा-४ बस्ने १९ वर्षीया अनु मगर, कञ्चनपुरको पुनर्वास नगरपालिका-१० बस्ने १९ वर्षीया निशा खड्का र बझाङको जयपृथ्वी नगरपालिका-१० बस्ने १८ गौरीगंगा निशा बोहरा पक्राउ परेका बताएको छ ।

उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।















