
अत्तरिया – कैलालीबाट लागूऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । जिल्ला अदालत कैलालीले २०८० मंसिर ५ गते लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिइ फरार रहेका घोडाघोडी नगरपालिका – ८ दिपनगर का ३१ वर्षीय फैसल खाँनलाई पक्राउ गरेको हो ।
उनलाई शुक्रबार इलाका प्रहरी कार्यालय सुखडबाट खटिएको प्रहरी टोलीले घरबाटै पक्राउ गरेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


















