अत्तरिया – सगरमाथा लुम्बिनि ईन्स्योरेन्स कम्पनि लिमिटेड अत्तरिया शाखाले कृषि बिमालेख अन्र्तगतको दावि भुक्तानी बिमा रकम उपलब्ध गराएको छ । कम्पनिले नेशनल काजी एग्रो फार्म प्रा.लि. का प्रोपराईटर विवेक भट्टलाई ३६ लाख २ हजार २१६ रुपैया बिमा रकम उपलब्ध गरेको हो ।

भट्टले उक्त बिमा कम्पनिबाट कुखुराहरुको कृषि बिमा गरेका थिए । उनले बिमा गरेका कुखुराहरु मध्ये ७ हजार ८ सय वटा लेयर्स कुखुराहरु मरेपछि बिमा कम्पनिले उनलाई क्षतिपुर्तिवाफतको बिमा रकम उपलब्ध गराएको हो । उक्त विमा रकम बराबरको चेक कम्पनिका शाखा प्रमुख प्रकाश भट्टले एक कार्यक्रमका बिच एग्रो फर्मका सञ्चालक भट्टलाई हस्तान्तरण गरेका छन ।


उक्त बिमा कम्पनि साविकको सगरमाथा ईन्स्योरेन्स र लुम्बिनि ईन्स्योरेन्स कम्पनि लिमिटेड मर्ज भई बनेको बिमा कम्पनि हो । उक्त कम्पनि देशकै अग्रणी तथा लोकप्रिय बिमा कम्पनि हुनुका साथै दावि भुक्तानी पनि एकदमै सहज र छिटो भएको एग्रो फर्मका सञ्चालक भट्टको भनाई छ ।

















