अत्तरिया – कैलालीको मोहन्याल स्थित कर्णाली नदीमा डुबेर एक पुरुष बेपत्ता भएका छन । बुधाबार मोहन्याल गाउँपालिका – ४ स्थित कर्णाली नदीमा डुबेर प्युठान स्वर्गद्वारी नगरपालिका –१ जिमरीका ४१ वर्षीय धन बहादुर पुन बेपत्ता भएका हुन ।

उनी मोहन्याल गाउँपालिका – ४ मा रहेको मोहन्याल सामुदायीक वनमा खोटो निकाल्ने काम गर्दै आएका थिए ।

उनको ईलाका प्रहरी कार्यालय पण्डौन, कैलालीबाट प्रहरी टोलीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
















