
अत्तरिया – कैलाली र कञ्चनपुरका छुट्टाछुटै स्थानबाट प्रहरीले ८ लाख बढीको अवैध सामान बरामद गरेको छ । बुधरबार प्रहरीले धनगढीको त्रिबेणीघाटबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएको ७ लाख ५० हजार ४२० रुपैयाँ बराबरको सामान बरामद गरेको हो । जस अन्तरगत प्याज, चिनी, बिडी, सुर्ती, प्लाष्टिक झिल्ली, मोबाईलका बिभिन्न पार्ट पुर्जा लगायतका सामानहरुरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
प्रहरीले बुधबार नै कञ्चनपुरको बेलौरी नगरपालिका – १ फटैया र पुनर्वास नगरपालिका – ४ हनुमान चोकबाट अबैंध रुपमा भारतबाट भन्सार छलि ल्याएको ७० हजार ६ सय बराबरको सामान बरामद गरेको जनाएको छ । जसमा मैदा, बिडी, लेडिज सुट, कुलर मेशिन, पेय पदार्थ, अण्डा लगायतका सामानहरु रहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।



















