
अत्तरिया – कैलालीबाट प्रहरीले २ फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीले जिल्ला अदालत कैलालीले लागू औषध मुद्दामा ३ महिना ३ दिन कैद सजाय ठहर भई फरार रहेकी चुरे गाउँपालिका – ३ की २० की बिमला घिमिरे र लागू औषध मुद्दामै ५ दिन कैद सजाय र १६ हजार जरिवाना ठहर भई फरार रहेकी लम्की चुहा नगरपालिका – ३ की ३० वर्षीया दिपा बिष्ट साउँदलाई पक्राउ गरेको हो ।
प्रहरीले बिमलालाई धनगढी उपमहानगरपालिका – २ मिलनचोकमा रहेको रारा होटेल दिपालाई घरबाटै पक्राउ गरेको जनाएको छ ।



















