बझाङ- नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले वातावरण पत्रकारिता पुरस्कार–२०२३ बझाङका बसन्तप्रताप सिंहलाई प्रदान गर्ने भएको छ ।

नेवापसले ‘विश्व वातावरण दिवस-जून ५’ को अवसरमा ३ दशकदेखि वातावरण क्षेत्रमा कलम चलाउँदै आएका पत्रकारलाई पुरस्कृत गर्दै आएको छ । सन् २०२३ भरि वातावरण र दिगो विकासका विषयमा पत्रपत्रिका, रेडियो, टेलिभिजन तथा अनलाइनमा प्रकाशित–प्रसारित सामग्री र कार्यक्रममध्येबाट छनोट गरी यो पुरस्कार प्रदान गर्ने निर्णय भएको समूहले जनाएको छ ।

कान्तिपुर दैनिकमा कार्यरत उनी ‘वातावरण पत्रकारिता पुरस्कार’ पाउने ३७औँ पत्रकार हुन् । यो पुरस्कार आगामी साधारणसभाको दिन हस्तान्तरण गरिने नेवापसले जनाएको छ ।


















