धनगढी – दार्चुलाको लेकमबाट धनगढीका लागि छुटेको जिप डोटीको बुडरमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप बुधबार बिहान बुडर नजिक दुर्घटना हुँदा तीन वर्षीया रितिका सार्की र अर्को एक व्यक्तिको मृत्यु भएको हो ।

दुर्घटनामा ७ जना घाइते भएका इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जयकुमार मल्लले जानकारी दिएका छन ।

घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका–५ का १९ वर्षीय चालक बासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका–६ का ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिश पार्की र उनकी श्रीमती २६ वर्षीया भावना ओड पार्की, डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी–६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका–४ की ६० वर्षीया मानमति धामी रहेका छन ।


















