खाेज्नुहाेस

टीकापुर र झलारीबाट लागूऔषध सहित २ जना पक्राउ

Image

अत्तरिया – कैलालीको टीकापुर र कञ्चनपुरको झलारीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छन । बिहिबार टीकापुर नगरपालिका – २ सितापुरबाट लागूऔषध सहति स्थानीय २० वर्षीय धर्मेन्द्र शाह पक्राउ परेका हुन । उनको साथबाट २२० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ ।

navjiwan hospital

यस्तै कञ्चनपुरको शुक्लाफाटा नगरपालिका – १० झलारी बजारबाट लागूऔषध सहति शुक्लाफाटा नगरपालिका – ४ असैनाका ३३ वर्षीय चन्द्र सिह राना पक्राउ परेका छन ।

attariya hospital

उनको साथबाट ०.२९ ग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीले प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।