अत्तरिया – कैलालीमा भएका छुट्टाछुटै सवारी दुर्घटनामा २ जनाको मत्यु भएको छ भने २ जना घाइते भएका छन । बिहिबार चुरे चुरे गाउँपालिका – ३ भक्तपुर स्थित बिपिनगर सडकखण्डमा सहजपुर ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन ।
सुपप्र०१००२ त ५२७८ नम्बरको ट्याक्टरले ओभर टेक गर्ने क्रममा भे २ त १५१६ नम्बरको ट्याक्टरलाई ठक्कर दिदा भे २ त १५१६ नम्बरको ट्याक्टर चालक डोटीको जोराईल गाउँपालिका – ४ का २० वर्षीय हेमन्त रावल मृत्यु भएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।


दुर्घटनामा सोहि ट्याक्टरमा सवार जोराईल गाउँपालिका – ४ कै लक्की बादी र कन्चनपुरको भीमदत्त नगरपालिका – १५ का गजेन्द्र दमाई घाईते भएका छन ।
यस्तै बिहिबार नै घोडाघोडी नगरपालिका – ४ भालुफाँटामा मप्र०३– ००२ ख ००११ नम्बरको ट्रक र सुपप्र ०१–०११ प ४४४३ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भिर घाइते भएका स्थानीय कमल तिरुवाको उपचारको क्रममा बुधबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरले ट्रक र ट्रक चालक दोलखाको बिगु गाउँपाकिला – ४ का ५० वर्षीय पदम बहादुर बुढाथोकीलाई नियन्त्रणमा लिएको जनाएको छ ।

















