खाेज्नुहाेस

टिपर र मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

Image

पोखरा- पोखरा महानगरपालिका-१३ मा टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ । सोमबार पोखरा १३ गौडाकोमुखस्थित बिपी मार्गबाट लामाचौरतर्फ जाँदै गरेको ग १ ख ६३९४ नम्बरको टिपरमा सोही दिशातर्फ जाँदै गरेको लु८७प ९५२० नम्बरको मोटरसाइकल ठोक्किएको थियो ।

navjiwan hospital

दुर्घटनामा मोटरसाइकल पछाडि सवार पोखरा–१३, काहुँखोला बस्ने १८ वर्षीया बबिता रिमालको उपचारका क्रममा मृत्यु भएको हो । घाइते चालक पोखरा-१४ चाउथे बस्ने वर्ष २९ का कमल थापा क्षेत्रीको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले बताएको छ ।

attariya hospital

उक्त मोटरसाइकल र टिपरसहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।