कैलाली कञ्चनपुरबाट अबैध भन्सार छलिका सामान बरामद

अत्तरिया – प्रहरीले कैलाली कञ्चनपुरबाट अवैध सामान बरामद गरेको छ । आइतबार प्रहरीले कैलालीको धनगढी, जानकी र कञ्चनपरको भीमदत्त, पुनर्वास, शुक्लाफाटा र बेलौरीबाट अवैध सामान बरामद गरेको हो ।

maya metro hospital

धनगढी उपमहानगरपालिका – २ ट्राफिक चौराह, धनगढी उपमहानगरपालिका ४ बसपार्क, धनगढी उपमहानगरपालिका १० चकमेली घाट र जानकी गाउँपाकिला ७ लट्कनियाबाट १, लाख ३३ हजार ३४० रुपैयाँ बराबरको अवैध सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । जसमा प्याज, चिनी, बिडी, अचार, मसला, सुर्ती, लेडिज सुट, अण्डरवेयर, गन्जी लगायतका सामानहरु रहेका छन ।

यस्तै कञ्चनपुरको भिमदत्त नगरपालिका १० स्थित हाइवे, पुनर्वास नगरपालिका ६ “ङ” गाउ, शुक्लाफाँटा नगरपालिका १ बन्साह बजार र बेलौरी नगरपालिका १० एमपीघाटबाट १ लाख ३५ हजार ३६० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको कञ्चनपुरब प्रहरीले जनाएको छ । जसमा प्याज, चिनी, मिश्री, खानेतेल, दाल, गुड, सुर्ती, रड, स्क्रुप, पेय पदार्थ लगायतका सामानहरु रहेको प्रहरीको भनाइ छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.