कैलालीबाट लागूऔषध सहित ३ जना पक्राउ

अत्तरिया – कैलालीबाट एकैदिन लागूऔषध सहित ३ जना पक्राउ परेका छन । आइतबार धनगढीबाट २ र टीकापुरबाट १ जना पक्राउ परेका हुन ।

Karma Consultancy

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका – २ राम जानकी मन्दिर नजिकबाट स्थानीय १९ वर्षीय रमेश चौधरी र घोडाघोडी नगरपालिका – १ का २५ वर्षीय विकास चौधरी रहेका छन । उनीहरुको साथबाट ८० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

citizen security services

यसैबिच प्रहरीले टीकापुर नगरपालिका – १ रिगल चोकबाट २१ वर्षीय बिपिन साउदलाई पक्राउ गरेको छ । उनको साथबाट ३३० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ बरामद गरिएको प्रहरीको भनाइ छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.