बैतडीमा हावाहुरीले खानेपानीको सोलार पाता उडायो

बैतडी – बैतडीमा हावाहुरीले लिफ्ट खानेपानीको सोलारपाता उडाएको छ । शनिबार दिउँसो आएको हावाहुरीले जिल्लाको पाटन नगरपालिकामा रहेको पाटन लिफ्ट खानेपानी योजनाको सोलारपाता हावाहुरीले उडाएको हो ।

maya metro hospital

हावाहुरीले नगरपालिकाको वडा नं. १ गेरुवापानीको मुहानमा राखिएको सोलारपाता उडाएको बताईएको छ । हावाहुरीले खानेपानीको सोलारपाता उडाउदा सो वडाको गणेशपुरक्षेत्रमा खानेपानीको समस्या भएको खानेपानी उपभोक्ता समितिका अध्यक्ष चन्द्रदेव भट्टराईले बताए । यस्तै ३ ओटा विद्यालय, अस्थायी प्रहरी पोष्ट बयलचौरा, बयलचौरा बर्थिङ सेन्टरमा समेत खानेपानीको आपूर्ती बन्द भएको बताईएको छ ।

हावाहुरीले खानेपानी तान्नका लागि राखिएका ७५ ओटा सोलार पातामध्ये ३० ओटा उडाएर काम नलाग्ने बनाएको अध्यक्ष भट्टराईले बताए । हावाहुरीले सोलारका पाता उडाएपछि १५ लाख बढीको क्षति भएको अनुमान गरिएको छ । पाटन लिफ्ट खानेपानी योजनामार्फत १ सय १९ घरधुरीमा खानेपानी आपूर्ती हुँदै आएको छ ।

attariya hospital

खानेपानी तथा सरसफाई डिभिजन कार्यालयमार्फत गत असारमामात्रै सम्पन्न भएको योजनामा क्षति पुगेपछि स्थानीयहरुलाई खानेपानीको समस्या भएको हो ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.