अत्तरिया – कैलालीको अत्तरियामा सञ्चालित अटो व्यवस्थित गर्न थालिएको छ । सुदूरपश्चिम अटो यातायात प्रालिले आफू मातहत आएका अटोलाई व्यवस्थित गर्न लागेको हो । जसका लागि अटोको भाडा दर तोक्ने, चालकको परिचय पत्र बनाउने काम सुरु गरिएको प्रालिका अध्यक्ष सीताराम कठायतले बताए ।

उनले हाल अत्तरिया धनगढी रुटको भाडा दर तोकिएको बताए । जसअनुसार अत्तरिया देखि मनहरा पुलसम्म २० रुपैयाँ, गेटा मेडिकल कलेजसम्म २५ रुपैयाँ, बिस्कुट कम्पनीसम्म ३० रुपैयाँ, अत्तरिया देखि माछा पोखरीसम्म ४० रुपैयाँ, अत्तरियादेखि विमानस्थल चोकसम्म ५० रुपैयाँ, बोराडाँडी सम्म ६० रुपैयाँ, अत्तरिया देखि ट्राफिक चौराहासम्म ७० र अत्तरिया देखि भन्सारसम्म एक सय रुपैयाँ तोकिएको छ ।

अध्यक्ष कठायतले सुदूरपश्चिम अटो यातायात प्रालिको जेठ १६ गते बसेको प्रथम वार्षिक साधारण सभाको निर्णय अनुसार हाल अटो चालकलाई परिचय पत्र पनि अनिवार्य गरिएको बताए । उनले हाल प्रालिमा दर्ता भएका २३ लाई परिचय पत्र वितरण सुरु गरिएको बताए । प्रालिमा अटो दर्ता गर्नको लागि ५ हजार शुल्क तोकिएको छ ।


















