खाेज्नुहाेस

ओलानीमा खुर्सानी उत्पादन उप आयोजना कार्यक्रम सञ्चालन

Image

अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ११ र १२ ओलानी क्षेत्रमा खुर्सानी उत्पादन उप आयोजना कार्यक्रम सञ्चानल गरिएको छ ।

ग्रामीण उद्यम तथा आर्थिक विकास आयोजना (रिड) सँगको साझेदारीमा गोदावरी कृषि विकास सहकारी संस्थाले स्टार्ट अफ अनुदान कार्यक्रम अन्तरगत खुर्सानी उत्पादन उप आयोजना कार्यक्रम सञ्चालनमा ल्याएको हो ।

attariya hospital

आयोजनाको शुक्रबार वडा नम्बर १२ का वडा अध्यक्ष भीम बहादुर खड्काको प्रमुख आथित्यतामा सार्वजनिकर गरिएको थियो ।

navjiwan hospital

कार्यक्रममा बोल्दै वडा अध्यक्ष खड्काले परियोजना सञ्चालन भएपछि ओलानी क्षेत्रमा खुर्सानी उत्पादन बढ्ने विश्वास व्यक्त गरे । उनले खुर्सानीलाई सुकाएर लामो समय सम्म भण्डारण गर्न सकिने भएकाले बजारको पनि समस्या नहुने बताए ।

कार्यक्रम अन्तरगत गोदावरी कृषि विकास सहकारी आवद्ध २१ किसानलाई ३ कट्टाका दरले खुर्सानी खेती गर्न सहयोग गरिने संस्थाका अध्यक्ष कृष्ण बहादुर बिकले बताए ।
१ वर्ष सम्म सञ्चालन हुने कार्यक्रम अन्तरगत ८ लाख ८ हजार ८ सय खर्च हुने जनाईको छ । जसमा रिडबाट ४ लाख ४ हजार ४ सय र बाँकी रकम लाभगा्रहीबाट खर्च गरिने छ ।

maya metro hospital

आयोजनाको रकम कम्पोष्ट खाडल निर्माण, मिनी टिलर खरिद, खुर्सानी बीउ खरिद र कम्पोष्ट तथा जैविक मल खरिदका लागि खर्च गरिने अध्यक्ष विकले बताए । उनले कार्यक्रम अन्तरगत किसानहरुलाई तालिम दिएर प्राविधिक सहयोग पनि गरिने बताए ।

Karma Consultancy