धनगढी – कैलालीका विभिन्न स्थानबाट दुई जना मृत अवस्थामा फेला परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका र टिकापुर नगरपालिका बाट प्रहरीले दुई जनाको शव फेला पारेको हो ।
डोटीको बोगटान फुड्सील गाउँपालिका — ७ स्थायी घर भई हाल उपमहानगरपालिकाको वडा नं. ६ बस्ने ४० वर्षिय घनश्याम बमलाई सोही वडाको जाली पुल नजिकै अचेत अवस्थामा फेला पारेका थिए । उनलाई मंगलबार आफन्तले उपचारको लागी निसर्ग अस्पताल धनगढीमा ल्याएकोमा डाक्टरले चेक जाँच गर्दा मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै जिल्लाकै टिकापुर नगरपालिका—९ मोहना नदिको किनारमा जमेको पानीमा एक जनाको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त स्थानबाट जिल्लाकै भजनी नगरपालिका—१ गोदाम टोल बस्ने १९ वर्षिय एकेन्द्र बोहराको शव मृत अवस्थामा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय कैलालीले घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।