धनगढी – कैलालीका विभिन्न स्थानबाट प्रहरीले अबैध सामान बरामद गरेको छ ।

धनगढी उपमहनगरपालिका–.२ र ३ ट्राफिक चौराह, राष्ट्र बाणिज्य बैक चोक, भजनी नगरपालिका–५ हलौनाघाट, पहलमान र कैलारी गाउँपालीका–४ हनुमानबाट प्रहरीले अवैध सामान बरामद गरेको हो ।

अबैंध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका करिब १ लाख ८० हजार ६३० मुल्य बराबरको प्याज, चिनी, मिश्री, बिडी, सुर्ती, चक्लेट, अचार, मिठाई, साबुन, प्लाष्टिक झिल्ली, डोरी, पेय पदार्थ, माछा लगायतका सामानहरु बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
















