
कञ्चनपुर – जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जङ्गलमा लुकाई छिपाइ राखेको एक थान कटुवा पेस्तोल बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले भीमदत्त नगरपालिका–३ स्थित जङ्गलको झाडीमा रुखको फेदमा लुकाइराखेको एक थान कटुवा पेस्तोल आइतबार साँझ बरामद गरेको प्रहरी निरीक्षक वीरेन्द्रसिंह थापाले जानकारी दिए ।



















