बैतडी – चट्याङ लागेर बैतडीमा २ जना घाईते भएका छन । जिल्लाको दशरथचन्द नगरपालिका – १ का ३६ वर्षिय जयबहादुर भाट र २६ वर्षिय जगदिश भाट चट्याङ लागेर घाईते भएका हुन ।

शनिबार राती ८ बजेतिर घर नजिकैको दल्लाको रुखमा चट्याङ परेको र सोही चट्याङका कारण उनिहरु दुवै जना घाईते भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइते भएका जयबहादुरको खुट्टामा चोट लागेको छ भने जगदीशको आँखामा चोट लागेको छ । घाइते दुवै जनाको जिल्ला अस्पताल बैतडीमा उपचार भइरहेको बताईएको छ ।
















