
बझाङ– बझाङबाट काठमाडौँका लागि छुटेको सुन्दर सुदूरपश्चिमको ना ८ ख ८६५७ नम्बरको बस ठुलो दुर्घटना हुनबाट जोगिएको छ । शुक्रबार बित्थडचिर गाउँपालिकास्थित सडकखण्डमा रहेको नालीमा बस पसेको थियो ।
नालीमा पसेको बसलाई तत्कालै निकालिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । प्रहरीका अनुसार बसमा सामान्य क्षति पुगेको छ । मानवीय क्षति भने भएको छैन ।















