अत्तरिया – कैलालीको गोदावरीका किसानहरुलाई बाख्रा वितरण गरिएको छ । विपन्न वर्ग लक्षित कार्यक्रम अन्तरगत मंगलबार जानकी मुक्त हलिया कृषक समुहले गोदावरी नगरपालिका – १० का मुक्त हलिया कृषक समुहमा आवद्ध किसानहरुलाई बाख्रा वितरण गरेको हो ।

पशु सेवा विज्ञ केन्द्र धनगढीको आर्थिक सहयोगमा १० जना किसानहरुलाई १० वटा बाख्रा वितरण गरिएको समुहले जनाएको छ । बाख्रा वितरण कार्यक्रममा पशु सेवा विज्ञ केन्द्र धनगढीका अधिकृत कविराज कठायत र वडा नम्बर १० का कार्यवाहक वडाध्यक्ष शेर बहादुर तामाङ लगायतको सहभागिता रहेको थियो ।

उक्त विपन्न वर्ग लक्षित कार्यक्रम अन्तरगत यसअघि गोदावरी नगरपालिका – १२ का किसानलाई पनि बाख्रा वितरण गरिएको थियो । वडामा गोदावरी मुक्त हलिया महिला कृषक समुह मार्फत१० किसानलाई बाख्रा वितरण गरिएको स्थानीय लक्ष्मी लुहारले बताइन् ।
