कञ्चनपुर- कञ्चनपुरको बेल्डाँडीमा घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको छ । बेल्डाँडी गाउँपालिका-५ को वडा कार्यालयमा निःशुल्क घुम्ती बाली उपचार शिविर सञ्चालन गरिएको हो ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरको आयोजनामा बिहीवार शिविर सञ्चालन गरिएको थियो । उक्त शिविरमा करिब ७० जना कृषकले नमुना परीक्षण गराई सेवा लिएका बताइएको छ ।

बालीहरुको नमुना परीक्षणका क्रममा चैते धान र उखुमा गभारो किराको प्रकोप, आँपमा फड्के किरा र काँक्रा तथा फर्सीमा औँसा किराहरूको समस्या देखिएको बताइएको छ ।
रोग किराको प्रकोप कम गर्न किसानलाई घरदैलोमै सेवा पुर्याउने उद्देश्यले शिविरको आयोजना गरिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ कञ्चनपुरले जनाएको छ । यसअघि २४ गते पुनर्वास नगरपालिका-३ को वडा कार्यालयमा पनि शिविर सञ्चालन गरिएको थियो ।

















