खाेज्नुहाेस

बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु

Image
file photo

अत्तरिया- बझाङमा भिरबाट लडेर एक युवकको मृत्यु भएको छ । केदारस्युँ गाउँपालिका-८ बस्ने अन्दाजी ३१ वर्षीय मदन धामीको भिरबाट लडेर मृत्यु भएको हो ।

navjiwan hospital

उनी बिहीवार बिहान घरबाट निस्केकोमा साँझसम्म घर नआएपछि उनका आफन्तले खोजतलास गर्दा आज बिहान सोही ठाउँको चडेपानी भिरबाट लडेर मृत अवस्थामा फेला परेका प्रदेश प्रहरी कार्यालय धनगढीले बताएको छ ।

attariya hospital

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय बझाङबाट प्रहरी टोली खटिई अनुसन्धान भइरहेको बताइएको छ ।