
धनगढी – लामो समयदेखि गुरगी सिँचाइ योजना निर्माणको माग गर्दै सङ्घर्ष गर्दै आएका कैलालीको कैलारीका किसानहरू विशाल हस्ताक्षर अभियान सुरु गरेका छन् । योजना निर्माणको लागि १२ करोड बजेट विनियोजन भए पनि निर्माणमा बेवास्ता गरिएपछि कैलारी गाउँपालिकाका किसानहरू सङ्घर्षमा उत्रिएका हुन् ।
चैत्र गते मात्रै योजना कार्यान्वयनको लागि सुदूरपश्चिम प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय धर्ना दिएका किसानले शनिबारदेखि हस्ताक्षर अभियान सुरु गरेका छन् । योजना कार्यान्वयनको लागि गाउँ–गाउँमा हस्ताक्षर सङ्कलन गरेर प्रदेश सरकारलाई बुझाउने र त्यतिले पनि कार्यान्वयनको प्रक्रिया अगाडि नबढाए कडा सङ्घर्षको कार्यक्रम गर्ने सङ्घर्ष समितिका संयोजक कमल प्रसाद चौधरीले बताए ।


















