कृष्णपुरका चुट्नको लागि राखेको गहुँबालिमा आगलागी

कञ्चनपुर – कञ्चनपुरको कृष्णपुरमा चुड्नको लागि राखेको गहुँबालिमा आगलागी भएको छ।

maya metro hospital

कृष्णपुर नगरपालिका–७ गौरीघाटका खन्जडी भुलेनी, सिता भुल, धनादेवि भुलेनी र धना भुलले डेढ विघा जमिनमा लगाएको गहुँ काटेर चुट्नको लागि राखेको बेला आगलागी भएको हो।

बिहीवार चारै जनाले चुट्नको लागि एक ठाउँमा काटेर राखेको गहुँमा आगलागी भएको प्रहरीले जनाएको छ। आगलागीबाट करिब ९४ हजार भन्दा बढीको क्षती भएको छ ।

attariya hospital
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.