डोटीमा आगोले जलेर एक महिलाको मृत्यु
डोटी- डोटीमा आगोले जलेर एक महिलाको मृत्यु भएको छ । शिखर नगरपालिका–४ सेलबुङ्गाकी ४१ वर्षीया चन्द्रादेवी भण्डारीको मृत्यु भएको हो ।
२०/२५ जनाको समूहमा पातालीसैन सामुदायिक वनमा सिँचाई योजनाको कुलो खन्न गएकी उनी बिहीवार अपराह्न करिब ४ बजेतिर वनमा लागेको आगोले जलेर घाइते भएकी थिइन् ।
उनलाई सुजङ्ग अस्पताल राजपुरमा सामान्य उपचारपछि धनगढी रिफर गरिएकोमा निसर्ग अस्पतालले आज बिहान मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायव निरीक्षक नारायण सिंह नेगीले बताए ।