खाेज्नुहाेस

बालमैत्री बन्दै कृष्णपुर

Image

अत्तरिया – कञ्चनपुरको कृष्णपुर नगरपालिका – ४ की भागेश्वरी कार्की बालबालिकाका हक अधिकारका बारेमा खुलेर बोल्ने गर्छिन् । नगर स्तरीय बाल सञ्जालको अध्यक्ष समेत रहकी उनले बालबालिकाका मुद्दा उठान गर्ने देखि लिएर जोखिममा परेका बालबालिकाको पहिचान गरेर सहयोगका लागि नेतृत्वदायी भूमिका खेल्दै आएकी छिन् । उनी हाल आफ्नो नेतृत्वमा बनेको सञ्जालको बैठक बसाउने, बैठकमा बालबालिकाका अधिकारका विषयमा बहस गर्ने, बाल सहभागिताका बारेमा विभिन्न मञ्चहरूमा आवाज उठाउने गर्छिन् । बालबालिका भविष्यका कर्णधार मात्रै भन्ने तर, बालबालिकाको संरक्षण, बाल विकास, र बालबालिकाको अर्थपूर्ण सहभागिता जस्ता विषय ओझेलमा पर्ने गरेकोमा यहाँ भने बालबालिका सञ्जालमार्फत सक्रिय छन् ।

नेपाल सरकारले २०८७ सम्ममा सबै पालिकालाई बालमैत्री बनाउने लक्ष्य लिएको छ । जसका लागि सरकारले ‘बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८’ ल्याएको छ । निर्देशिकामा बालमैत्री स्थानीय शासनका लागि तय गरिएका ५१ वटा सूचक उल्लेख गरिएको छ । तर, निर्देशिका अनुसार अझै पनि धेरैजसो पालिका काम हुन सकेको छैन ।
कृष्णपुरमा भने जिल्लामै पहिलो पटक बालमैत्री वडा घोषण गर्ने लक्ष्यका साथ काम अगाडि बढी सकेको छ भने बालबालिकाको हक हितका लागि बाल अधिकार सम्बन्धी ४ वर्षे रणनीतिक कार्य योजना अनुमोदन गरेका काम अगाडि बढेको छ ।

add everest academy
attariya hospital

पालिकामा वल्र्डभिजन इंटरनेशनल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्लुए) द्वारा सञ्चालित बाल संरक्षण, स्पोन्सरसीप तथा समावेशी गुणस्तरीय शिक्षा परियोजनाको सहजिकरणमा कार्यपालिका बैठकबाट निर्णय गरेर वडा नम्बर १ लाई बालमैत्री स्थानीय शासन समितिको अभियान सञ्चालनका लागि छनोट गरिएको हो । जिल्लाकै पहिलो बालमैत्री शासन घोषणा गरिएको वडा बनाउनको लागि वडा स्तरीय कमिटी गठन, क्षमता अभिवृद्धि गर्ने, योजना बनाउने काम भइरहेको परियोजनाका संयोजक रामेश्वर जैरुले बताए ।

उनले परियोजना अन्तरगत नगर तथा वडा स्तरीय बाल अधिकार समितिको संस्थागत विकास तथा सक्रियता अभिवृद्धिका लागि नियमित सहयोग तथा सहजिकरण गरिरहेको बताए । समितिहरूको नियमित रूपमा अविधिक बैठक सञ्चालन गर्ने तथा बाल अधिकारका सवाल पहिचान र समाधानका लागि सहयोगी भूमिका निभाउन परियोजनाले सहयोग गरेको उनको भनाई छ ।

उनले परियोजना अन्तरगत बालबालिकालाई जीवन उपयोगी सरल सिप सिकाउने गरिएको बताए । जुन ६ महिनाको अवधिमा १ सय वटा सञ्चालन गरिएको उनले बताए । आधारभूत तहमा अति जोखिममा रहेका बालबालिकाहरूको समावेशी र गुणस्तरीय शिक्षामा समतामूलक पहुँच सुधार गर्ने लक्ष्य लिएको उक्त परियोजना अन्तरगत स्वास्थ्य शिविर समेत सञ्चालन गरिँदै आएको छ ।

attariya technical collage
navjiwan hospital

परियोजना अन्तरगत हाल ५० वटा ‘पढाई शिविर’ सञ्चालन गरिएको परियोजनाका बाल संरक्षण अधिकृत गणेश भुलले बताए । जुन शिविर हरेक हप्ताको शनिवार ९० मिनेट सञ्चालन हुने गरेको छ । जसमा हाल २५ सय भन्दा बढी बालबालिका सहभागी रहेका छन् । पढाई शिविरमा विभिन्न चित्रमा माध्यमबाट पढाई हुने भएकाले बालबालिका अध्ययन गर्न निकै हौसिने गरेको बाल संरक्षण अधिकृत भुलले बताए ।

बाल अधिकारको संरक्षणका लागि अन्तर पुस्ता संवाद, अभिभावकहरू सँग संवाद, बाल संरक्षणका सवालमा सडक नाटक जस्ता क्रियाकलाप पनि गरिँदै आएको उनले बताए ।

Karma Consultancy

नगर स्तरीय बाल सञ्जालका उपाध्यक्ष दिपेश उपाध्यायले एनएनएसडब्लुएको परियोजना सञ्चालन भएपछि आफूहरूको क्षमता विकासमा सहयोग पुगेको बताए । उनले नगर स्तरीय बाल सञ्जाल ४ वर्ष अघि गठन भए पनि निष्क्रिय रहेकोमा पछिल्लो समय बालबालिका सम्बन्धी गतिविधि बढेको बताए ।

‘हामीले अहिले बालबालिकाको चौतर्फी विकासका लागि विभिन्न कार्यक्रमहरूमा सहभागी गराएर बालबालिकाका हकहित, बालविवाह, छुवाछुत मुक्त समाज, बाल कक्षा सञ्चालन गरेर हामीलाई अघि बढाउन सहयोग गरिएको छ’ उनले भने ‘अहिले शिक्षामा पहुँच नभएका बालबालिकाको पहुँच वृद्धि भएको छ ।’ उनले यस्ता कार्यक्रमले बालबालिकाको सुन्दर भविष्य बन्नेमा आफू आफू विश्वस्त रहेको बताए ।

हाल परियोजना अन्तरगत पालिकाका १, २, ४, ७ र ९ नम्बर वडामा कार्यक्रम सञ्चालित छन् । वडा नम्बर ७ का वडा अध्यक्ष घुम्मन रानाले बालबालिका क्षेत्रमा हाल परियोजना सँग सहकार्य गरेर धेरै राम्रा काम भइरहेको बताए । उनले हाल परियोजना सँगको समन्वयमा वडामा बालविवाह रोक्नका लागि विवाहपूर्व वडामा दर्ता गर्नुपर्ने प्रावधान गरिएको बताए । उनले परियोजना मार्फत भएको सहयोगले बालबालिकाको पढाइमा पनि सुधार भएको बताए ।

वडा नम्बर ५ का वडा अध्यक्ष टेक पाण्डेले मन्टेश्वरी मोडेलमा सञ्चालन भइरहेका ‘पढाई शिविर’ कक्षा निकै उपलब्धि मूलक भएको बताए । उनले यस्ता कक्षा पालिकाका प्रत्येक सामुदायिक विद्यालयमा सञ्चालन गर्न सके अझै उपयुक्त हुने बताए । नगरपालिकाकी उपप्रमुख द्रोपती रानाको एनएनएसडब्लुएले पालिकाका सबै वडामा कार्यक्रम विस्तार पर्नुपर्ने बताइन् ।