खाेज्नुहाेस

कैलालीमा  लागूऔषध  सहित तीन जना पक्राउ

Image

धनगढी –  कैलालीमा प्रहरीले अवैध लागूऔषध ब्राउनसुगर र खैरो हिरोइन जस्तो देखिने पदार्थसहित तीन जनालाई पक्राउ गरेको छ ।

navjiwan hospital

धनगढी उपमहानगरपालिका–७ जनआवाज चोक नजिकबाट ६६० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने धुलो पदार्थसहित २२ वर्षीय सुवास राना पक्राउ परेका छन् । स्थानीय रानालाई लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट मनेहराबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले बिहीबार दिउँसो शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेको हो ।

attariya hospital

त्यसैगरी, टीकापुर नगरपालिका–९ खक्रौलाबाट १ ग्राम ९४० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित दुई किशोर पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको गेरुवा गाउँपालिका–३ शान्तीबजारका १८ वर्षीय र १७ वर्षीय किशोर रहेका छन् ।

उनीहरूलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको टोलीले बिहीबार साँझ पैदल हिँडिरहेको अवस्थामा शंका लागेर चेकजाँच गर्दा उक्त पदार्थ फेला पारेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ ।