खाेज्नुहाेस

डडेल्धुरामा अभद्र व्यवहार र हातहतियार मुद्दाका फरार प्रतिवादी पक्राउ

Image

डडेल्धुरा – अदालतबाट कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका दुई जना प्रतिवादीलाई डडेल्धुरा प्रहरीले पक्राउ गरेको छ।

जिल्ला अदालत डडेल्धुराको विभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना तोकेपछि फरार रहेका उनीहरूलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा तथा मातहतका कार्यालयबाट खटिएको प्रहरी टोलीले २०८३ भदौ २५ गते पक्राउ गरेको हो।

attariya hospital
navjiwan hospital

पक्राउ पर्नेमा अभद्र व्यवहार मुद्दामा २ महिना १९ दिन कैद र ५ हजार रुपैयाँ जरिवाना तोकिएका भागेश्वर गाउँपालिका–४ बस्ने २३ वर्षीय सुरेन्द्र राज भट्ट रहेका छन्।

त्यस्तै, अवैध हातहतियार मुद्दामा १ वर्ष २ महिना १० दिन कैद र ३० हजार रुपैयाँ जरिवाना तोकिएका आलिताल गाउँपालिका–४ बस्ने ४४ वर्षीय दिपकबहादुर सिजाली पनि पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका दुवै जनालाई फैसला कार्यान्वयनका लागि सम्बन्धित निकायमा पेश गरिएको छ।