
बाजुरा – बाजुराको छेडेदह तालमा डुंगा पल्टिदा एक जना बेपत्ता भएका छन् । खप्तड छेडेदह गाउँपालिकामा रहेको छेडेदह तालमा डुंगा पल्टिँदा सोहि गाउँपालिका ७ लम्गाउँका अन्दाजी ३२ वर्षिय बिरेन्द्र रावत बेपत्ता भएका हुन् ।

आइतबार दिउँसो डुंगा पल्टिदा बेपत्ता भएका रावतको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । डुंगामा सवार अन्य ६ जना भने सकुशल रहेका छन ।
