डोटीमा आज पनि माटो खन्न गएकी महिलाको मृत्यु

डोटी – डोटीमा आज पनि घरपोत्ने माटो खन्न गएकी एक महिलाको मृत्यु भएको छ । माटोको ढिस्कोमा च्यापिएर आर्दश गाउँपालिका–२ की अन्दाजी ६० वर्षीया भागादेबि ओझाको मृत्यु भएको हो । उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

maya metro hospital

सोही घटनामा माटोले च्यापिएर आर्दश गाउँपालिका –१ की ५० वर्षीया पार्वती खड्का घाइते भएकी छिन । उनको जिल्ला अस्पताल डोटीमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

यस अघि शनिवार साँझ माटोको ढिस्कोले पुरिएर शिखर नगरपालिका – ९ की निर्मला रोस्याराको मृत्यु भएको थियो । सोही माटोको ढिस्कोमा पुरिएका ३ जनाको भने सकुशल उद्दार गरिएको थियो । उनीहरु वडाको सुण्ण भन्ने गाउँको जङ्गलमा घर पोत्ने माटो लिन गएका थिए ।

lotus add
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.